१० श्रावन २०७८

Himanshu Gautam

Posted on:
हिमान्सु गौतम

हिमान्सु गौतम

कक्षा ४
कक्षा ३ को अन्तसम्ममा आइपुग्दा पनि हिमान्सुलाइ अङ्ग्रेजी र नेपाली दुबै भाषा पढ्न र लेख्न समस्या बनिरहेको थियो । केही हदसम्म हामी सशङ्कित पनि बन्यौ । तर कक्षा ४ मा जब हामीले उसलाइ यस सकुलमा भर्ना गर्यौँ तब मात्र ऊ भित्रका वास्तविकताहरु खुल्दै गरेको देख्न पाइयो । अरुको विशेष ख्याल राख्ने, नेतृत्व लिन र जिम्मेवारी वहन गर्न अग्रसर हुने सद्भाव र सहकार्यमा विश्वास गर्ने उसका मानवीय परिवर्तनहरु हुन भने, अह्राइएको पाठ लेख्न र पढ्न सक्ने सिमीत विषयवस्तुमा भन्दा बाह्य संसारको रहस्य बुझ्नको लागि सोध खोज गर्ने र त्यसका लागि आवश्यक सहयोग लिने अनि अध्यनमा देखिएका परिवर्तनहरु हुन । “हरेक बच्चा आफैँमा एउटा रहस्य हो र फरक खोजको विषय हो न कि कम्जोर” भन्ने अपी स्कुलको सिद्धान्त अनुसारको परिवर्तन हामीले अनुभूति गर्न पाएका छौँ र अझै धेरै आशा पनि राखेका छौं ।

बुबा हरि प्रसाद शर्मा
आमा इन्दु ज्ञवाली शर्मा

© 2015 - 2023 Api School. All rights reserved.