१० श्रावन २०७८

Avon Safal Graham

Posted on:
एभन सफल ग्राहम

एभन सफल ग्राहम

कक्षा ५
शिक्षाले वाल वालिकाको समग्र विकास र वृद्धिलाई अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यस सम्बन्धमा म सचेत आमा भएकोलेनै आफ्नो छोरा प्रतिको कर्तब्य पूरा गर्न हर हमेसा चिन्तित थिएँ र छु पनि । मेरो छोराको वाल्यकाल नेपाल भन्दा वाहिर अन्य विभिन्न देशमा वितेकाले उसले पाउन पर्ने पूर्व प्राथमिक तह देखि कक्षा-५ सम्मको शिक्षा हङकङ, मलेसिया लगायतका देश लिन पुग्यो । समय दौरानसँगै विचैमा म फेरी नेपाल आउनु पर्यो र मेरो छोरालाई पनि म सँगै नेपाल ल्याउँदा उसको पढाइमा केही असर भैसकेको थियो तर शैक्षिक सत्रको विचैमा (भदौ महिनामा) उसलाई अपी स्कुलको कक्षा-५ मा भर्ना गरिदिएँ । यस पश्चात् ऊ निरन्तर स्कुल गइरहेको छ र उसले आफूलाई स्कुलको वातावरण अनुसार घुलमिल हुदै आफ्नो रुची अनुसारको शिक्षा ग्रहण गर्दैछ । म उसको सिकाइ र ब्यवहार प्रति खुशी छु र यसको श्रेय स्कुल ब्यवस्थापन, शिक्षक-शिक्षिका, अन्य कर्मचारी तथा उसका साथीहरुलाई दिन चाहन्छु । मेरो छोरा अपी स्कुलमा भर्ना हुँदा सम्म पढाइमा केहि रुची राख्ने भएतापनी लेखाईमा त्यति ध्यान दिँदैनथ्यो र लेख्नलाई केही समय लगाउँथ्यो । तर उसमा जुन परिवर्तन आएको छ, त्यसले मलाई सन्तुष्टी दिइरहेको छ । उसको शिक्षण प्रकृयामा रहनु भएका सम्पूर्ण विषय शिक्षक-शिक्षिकाहरु कक्षा शिक्षक लगायत अन्य शिक्षक-शिक्षिकाहरु बाट सधैं सकारात्मक सहयोग पाएँ जसले उसलाई आगामी दिनमा सवल र सक्षम ब्यक्ति बनाउन सहयोग पुग्छ भन्ने आशा राखेको छु । मैले आज अपी स्कुलमा जुन अन्य स्कुल भन्दा फरक पाएँ त्यो निरन्तर अगाडि बढोस् र अन्य बिद्यार्थीहरु जो फरक परिवार, स्थान, संस्कार, चालचलन आदिबाट आएका छन् उनीहरुलाई पनि प्रेरणाको स्रोत बनोस भन्ने अपेक्षा गर्दछु । मैले मेरा आफन्त वा चिनजान भएका साथी हरुलाई पनि यस स्कुलको सकारात्मक पक्षका बारेमा कुरा गर्न कुनै संकोच लिने छैन् । मलाई स्कुलले आफ्नो एचयकउभअतगक मा दिएको सानो स्थानको लागि मुरी-मुरी धन्यवाद दिन चाहन्छु र स्कुलका आउने बाँकी दिनहरुको प्रगतिको कामना गर्दछु ।

आमा सीमा सफल ग्राहम

© 2015 - 2023 Api School. All rights reserved.