११ श्रावन २०७८

Ananta Poudel

Posted on:
अनन्त पौडेल

अनन्त पौडेल

कक्षा ३
आंसिक भएपनि मन्टेश्वरी शिक्षण बिधिबाट पर्ढाई तथा अन्य क्रियाकलाप गराउने र राम्रो ब्यक्तिगत हेरचाह गरिने स्कुलबाट भर्खरै स्थापित फरक खालको स्कुलमा सार्दा सुरुवातमा केहि अफ्ठ्यारो भएपनि हाल हाम्रो छोरा आनत नयाँ वातावरणमा राम्ररी घुलमिल भैसकेको छ । उसको शैक्षिक तथा अन्य रचनात्मक खुवीमा देखिने गरी परिवर्तन भएको छ । यसको मुख्य श्रेय हरेक विद्यार्थीसँग श्ािक्षक लगायत स्कुल टिमको सामिप्यता, ब्यक्तिगत रुपमा प्रोत्साहन गर्ने शैली, राम्रो श्ािक्षण तथा परीक्षा बिधि र खेलकुद लगायतका रचनात्मक र गैर – शैक्षिक क्रियाकलापमा विद्यार्थीलाई सहभागी बनाउने कार्यलाई जान्छ । विद्यार्थीर्को सफलता, विद्यार्थीर्को निजी प्रयास, घरमा अभिभावकको हेरचाह र स्कुलको योगदानको समग्र नतिजा हो जस्तो मलाई लाग्छ । आनतको समग्र व्यक्तित्व विकासमा अपी स्कुलको इमान्दार प्रयत्न छ । भन्ने हामीलाई अनुभुति भएको छ । अपी स्कुलले अझ राम्रो गर्दै जाओस हाम्रो शुभकामना ।

बुबा राम चन्द्र पौडेल
आमा अनीता पौडेल

© 2015 - 2023 Api School. All rights reserved.