आइतबार, २२ मङि्सर २०७६

From our Parents

We’d like to remind you, however, that even in the most troubled and troublesome of learners the genius is still alive̶somewhere. It may be buried under loads of put-downs, negative evaluations, low grades and test scores, delinquent behavior, self-hatred, and more, but like the seed in winter that lies dormant while braving the toughest storms and coldest arctic spells only to blossom with the sun’s warmth in the spring, this genius too can survive if we can take the time to study the optimum conditions for its growth in the classroom.

Some educators may argue that not much can be accomplished in many students after so much damage has been done in the home during the first few years of life or as a result of the negative influence of popular media and culture. These protests, although convincing to some, often mask an unwillingness to even begin the work that must occur in order for educators to help reawaken the genius of their students. At Api, every child is treated differently to awaken and unfold the potentials within him.

“If the only tool you have is a hammer, everything around you looks like a nail.”

वेदव्यास डंगोल

वेदव्यास डंगोल

कक्षा २
हरेक बच्चा आफैंमा एउटा आविस्कार हो र परिवर्तनको सम्बाहक पनि हो भन्ने मेरो मान्यता बास्तविकतामा परिणत भएको अनुभूती मैले तब मात्र गर्न पाएँ जब मेरो बाबुलाई अपी स्कुलले प्रशंसनीय सुधार गर्ने वातावरण प्रदान गरीदियो । साथीभाइहरुसँग प्रार्थना हलमा नजाने, एक्लै बस्ने, रुने, अरुलाई हात छोड्ने जस्ता गुनासाहरु विगतका स्कुलमा सामान्य थिए भने पढाइ लेखाइमा त ऊ साधारणत शुन्य नै थियो । तर आज मेरो बाबु बिहानै उठेर आफैँ शारिरिक ब्यायाममा निस्कने, मन्दिर धुम्ने, घर बसेर पढ्ने, साथीभाइहरु सँगसँगै हिड्ने, रमाउने तथा अङ्ग्रेजी बुझ्ने र बोल्न सक्ने समेत भएको छ । यसरी हरेक वच्चाको विज्ञानलाई वुझ्न सक्ने र छोटो समयमा नै अतुलनीय सुधार गर्न समग्र अपी स्कुलको ब्यवहार र प्रणाली प्रति म सधैं आभारी छु ।

बुवा विद्या सागर डंगोल

अनन्त पौडेल

अनन्त पौडेल

कक्षा ३
आंसिक भएपनि मन्टेश्वरी शिक्षण बिधिबाट पर्ढाई तथा अन्य क्रियाकलाप गराउने र राम्रो ब्यक्तिगत हेरचाह गरिने स्कुलबाट भर्खरै स्थापित फरक खालको स्कुलमा सार्दा सुरुवातमा केहि अफ्ठ्यारो भएपनि हाल हाम्रो छोरा आनत नयाँ वातावरणमा राम्ररी घुलमिल भैसकेको छ । उसको शैक्षिक तथा अन्य रचनात्मक खुवीमा देखिने गरी परिवर्तन भएको छ । यसको मुख्य श्रेय हरेक विद्यार्थीसँग श्ािक्षक लगायत स्कुल टिमको सामिप्यता, ब्यक्तिगत रुपमा प्रोत्साहन गर्ने शैली, राम्रो श्ािक्षण तथा परीक्षा बिधि र खेलकुद लगायतका रचनात्मक र गैर - शैक्षिक क्रियाकलापमा विद्यार्थीलाई सहभागी बनाउने कार्यलाई जान्छ । विद्यार्थीर्को सफलता, विद्यार्थीर्को निजी प्रयास, घरमा अभिभावकको हेरचाह र स्कुलको योगदानको समग्र नतिजा हो जस्तो मलाई लाग्छ । आनतको समग्र व्यक्तित्व विकासमा अपी स्कुलको इमान्दार प्रयत्न छ । भन्ने हामीलाई अनुभुति भएको छ । अपी स्कुलले अझ राम्रो गर्दै जाओस हाम्रो शुभकामना ।

बुबा राम चन्द्र पौडेल
आमा अनीता पौडेल

जेसन र जस्टिन तुलाचन

जेसन र जस्टिन तुलाचन

कक्षा १ र २
मेरा दुबै जना बाबुहरुमा स्कुल जान नमान्ने समस्या थियो । झन जेसन लाई त कुनैपनि प्रलोभनले काम नगर्ने भएको थियो र जवरजस्ती गरेर नै स्कुल भ्यानभित्र राख्नुपर्ने अवस्था थियो । तर अपी स्कुल भर्ना गरेको केही समयमा नै यो समस्या पुरै हट्यो र आज उनीहरु स्कुल जाने समय अगावै पर्ूण्ा तयारी भई स्कुलबस पर्खिरहेका हुन्छन् । उनीहरुको बानी ब्यहोरा र पर्ढाईमा समेत अकल्पनिय परिवर्तन भएको छ । जस्टिनमा रचनात्मक सोच र खुला प्रवृत्तिको विकाश भएको छ । जस्टिन लगनशील र पहिलेभन्दा धेरै अनुशासित बनेको छ । त्यसैले अपी स्कुलले पनि कतै मेरा बच्चाहरुलाई बुझ्न नसक्ने हो कि भन्ने मेरो भर्ना गर्ने समयको डर आज उहाँहरुप्रतिको धन्यवाद र आज्ञामा परिणत भएको छ ।

आमा लक्ष्मी तुलाचन

सार्थक गौतम

सार्थक गौतम

कक्षा २
कम्बोडियाबाट अपी स्कुल कक्षा १ मा भर्ना हुन आउँदा मेरो बाबु उमेरअनुसार ब्यबहारिक त थियो तर लेखाईमा भने कम्जोर थियो । साथै, साधारण बोलीचाली भन्दा बाहेक नेपाली भाषा पढ्ने र लेख्ने अवसर पनि पाएको थिएन । तर आज कक्षा दुईमा पढ्दै गर्दा बाबुले सफा र शुध्द लेख्ने मात्र नभएर शिष्ट बोल्ने, आज्ञा पालन गर्ने र सबै उमेरसमूहका मानिसहरुसँग समायोजन हुन सक्ने भएको छ । यसरी क, ख, बाट सुरु गरेर यो तहसम्म पुर्याउन सहयोग गर्ने नेपाली शिक्षक र बच्चा अनुसारको बैज्ञानिक शिक्षा प्रणाली प्रदान गर्ने समग्र स्कुल परिवारप्रति मेरो धन्यवाद र शुभ-आशिर्वाद छ ।

बुबा भरत राज गौतम
आमा भगवती गौतम

हिमान्सु गौतम

हिमान्सु गौतम

कक्षा ४
कक्षा ३ को अन्तसम्ममा आइपुग्दा पनि हिमान्सुलाइ अङ्ग्रेजी र नेपाली दुबै भाषा पढ्न र लेख्न समस्या बनिरहेको थियो । केही हदसम्म हामी सशङ्कित पनि बन्यौ । तर कक्षा ४ मा जब हामीले उसलाइ यस सकुलमा भर्ना गर्यौँ तब मात्र ऊ भित्रका वास्तविकताहरु खुल्दै गरेको देख्न पाइयो । अरुको विशेष ख्याल राख्ने, नेतृत्व लिन र जिम्मेवारी वहन गर्न अग्रसर हुने सद्भाव र सहकार्यमा विश्वास गर्ने उसका मानवीय परिवर्तनहरु हुन भने, अह्राइएको पाठ लेख्न र पढ्न सक्ने सिमीत विषयवस्तुमा भन्दा बाह्य संसारको रहस्य बुझ्नको लागि सोध खोज गर्ने र त्यसका लागि आवश्यक सहयोग लिने अनि अध्यनमा देखिएका परिवर्तनहरु हुन । "हरेक बच्चा आफैँमा एउटा रहस्य हो र फरक खोजको विषय हो न कि कम्जोर" भन्ने अपी स्कुलको सिद्धान्त अनुसारको परिवर्तन हामीले अनुभूति गर्न पाएका छौँ र अझै धेरै आशा पनि राखेका छौं ।

बुबा हरि प्रसाद शर्मा
आमा इन्दु ज्ञवाली शर्मा

एभन सफल ग्राहम

एभन सफल ग्राहम

कक्षा ५
शिक्षाले वाल वालिकाको समग्र विकास र वृद्धिलाई अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यस सम्बन्धमा म सचेत आमा भएकोलेनै आफ्नो छोरा प्रतिको कर्तब्य पूरा गर्न हर हमेसा चिन्तित थिएँ र छु पनि । मेरो छोराको वाल्यकाल नेपाल भन्दा वाहिर अन्य विभिन्न देशमा वितेकाले उसले पाउन पर्ने पूर्व प्राथमिक तह देखि कक्षा-५ सम्मको शिक्षा हङकङ, मलेसिया लगायतका देश लिन पुग्यो । समय दौरानसँगै विचैमा म फेरी नेपाल आउनु पर्यो र मेरो छोरालाई पनि म सँगै नेपाल ल्याउँदा उसको पढाइमा केही असर भैसकेको थियो तर शैक्षिक सत्रको विचैमा (भदौ महिनामा) उसलाई अपी स्कुलको कक्षा-५ मा भर्ना गरिदिएँ । यस पश्चात् ऊ निरन्तर स्कुल गइरहेको छ र उसले आफूलाई स्कुलको वातावरण अनुसार घुलमिल हुदै आफ्नो रुची अनुसारको शिक्षा ग्रहण गर्दैछ । म उसको सिकाइ र ब्यवहार प्रति खुशी छु र यसको श्रेय स्कुल ब्यवस्थापन, शिक्षक-शिक्षिका, अन्य कर्मचारी तथा उसका साथीहरुलाई दिन चाहन्छु । मेरो छोरा अपी स्कुलमा भर्ना हुँदा सम्म पढाइमा केहि रुची राख्ने भएतापनी लेखाईमा त्यति ध्यान दिँदैनथ्यो र लेख्नलाई केही समय लगाउँथ्यो । तर उसमा जुन परिवर्तन आएको छ, त्यसले मलाई सन्तुष्टी दिइरहेको छ । उसको शिक्षण प्रकृयामा रहनु भएका सम्पूर्ण विषय शिक्षक-शिक्षिकाहरु कक्षा शिक्षक लगायत अन्य शिक्षक-शिक्षिकाहरु बाट सधैं सकारात्मक सहयोग पाएँ जसले उसलाई आगामी दिनमा सवल र सक्षम ब्यक्ति बनाउन सहयोग पुग्छ भन्ने आशा राखेको छु । मैले आज अपी स्कुलमा जुन अन्य स्कुल भन्दा फरक पाएँ त्यो निरन्तर अगाडि बढोस् र अन्य बिद्यार्थीहरु जो फरक परिवार, स्थान, संस्कार, चालचलन आदिबाट आएका छन् उनीहरुलाई पनि प्रेरणाको स्रोत बनोस भन्ने अपेक्षा गर्दछु । मैले मेरा आफन्त वा चिनजान भएका साथी हरुलाई पनि यस स्कुलको सकारात्मक पक्षका बारेमा कुरा गर्न कुनै संकोच लिने छैन् । मलाई स्कुलले आफ्नो एचयकउभअतगक मा दिएको सानो स्थानको लागि मुरी-मुरी धन्यवाद दिन चाहन्छु र स्कुलका आउने बाँकी दिनहरुको प्रगतिको कामना गर्दछु ।

आमा सीमा सफल ग्राहम

स्यानन थपलिया

स्यानन थपलिया

कक्षा ४
स्यानन थपलियाले एक वर्षे अवधिमा नै नेपालको मूल्याङ्कन प्रणाली अनुसार परीक्षामा लेख्न र कक्षामा विशिष्ट स्थान ओगट्न समेत सफल भएकी छिन् । बिज्ञान तथा प्रविधिप्रति उनको विशेष लगाव र सम्भावना देखिएको छ । हरेक घटना भित्रका वैज्ञानिक कारणहरु खोज्ने, सोध्ने र सहयोगी पुस्तकहरु पढ्ने बानीहरु हालका परिवर्तन हुन् । अमेरीकाबाट कक्षा ३ मा भर्ना हुन आएकी मेरी नानीमा विकास भएका यस्ता रुचिहरु उदाहरणीय छन् र मैले यसको उच्च मूल्यांकन गरेकी छु । धन्यबाद ।

आमा निशा थपलिया

© 2015 - 2021 Api School. All rights reserved.